कोरोना सङ्क्र’मणबाट बाग्लुङका थप दुई जना बृद्धको नि’धन भएको छ। बाग्लुङको बडिगाड गाउँपालिका–२ का ६८ वर्षी’य र बागलुङ नगरपालिका–३ का ८२ वर्षी’य पुरुषको उप’चारका क्रममा धवलागिरि अस्पतालमा नि’धन भएको हो ।
६८ वर्षी’य बृद्धको आज बिहान र ८२ वर्षी’यको सोमबार साँझ नि’धन भएको स्वा’स्थ्य कार्यालय बाग्लुङका कोभिड–१९ स्रो’त व्यक्ति देवप्रकाश घिमिरेले जान’कारी दिए ।
कोरोनासँग मिल्दो’जुल्दो ल’क्षण देखिएपछि गत जेठ १९ गते अस्पताल भ’र्ना भएका बडिगाड–२ का पुरुषमा सोही दिन कोरोना पु’ष्टि भएको थियो । यस्तै उप’चारकै क्रममा ज्या’न गुमा’एका बागलुङ–२ का पुरुषमा भने आजै कोरोना सङ्क्र’मण पु’ष्टि भएको थियो ।
कोरोनाको ल’क्षण देखिएपछि उनको सोमबार साँझ मात्रै स्वा’बको न’मुना सङ्क’लन गरिएको थियो । योसँगै जिल्लामा कोरोना सङ्क्र’मणका कारण ज्या’न गुमाउनेको स’ङ्ख्या ५२ पुगेको जनाइएको छ । जसमध्ये गत वैशाखयता शुरु भएको कोरोना महा’मारीको दोस्रो ल’हरमा मात्र ४१ जनाको नि’धन भएको छ ।