कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा कास्कीमा एक जनाको निधन, एकसय ५२ नयाँ संक्रमित थपिए

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा कास्कीमा एक जनाको निधन, एकसय ५२ नयाँ संक्रमित थपिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३० जेष्ठ २०७८
  • 7.1K
    Shares

कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घन्टामा कास्की जिल्लाका एक जनाको निधन भएको छ भने एकसय ५२ जना नयाँ संक्रमित थपिएका छन्।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार, कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर १३ का ५३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट निधन भएको छ।  जेठ ७ गते कोरोना संक्रमण पुष्टि भएपछी चारक मेमोरियल अस्पतालमा उपचारका लागि भर्ना भएका ती पुरुषको शनिबार मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ।

गणकी प्रदेशको तनहुँ जिल्लामा दुई जना तथा कास्की मुस्ताङ्ग , बागलुङ, नवलपुर र स्याङ्गजामा एक-एक जनाको कोरोना संक्रमणबाट निधन भएको प्राप्त समाचारमा जनाइएको छ।

पछिल्लो २४ घन्टामा कास्की जिल्लामा एकसय ५२, म्याग्दीमा २१, पर्वतमा तीन र गोरखामा २४ जना नयाँ कोरोना संक्रमित फेला परेका छन्।  त्यस्तै लमजुङ्गमा १४, तनहुँमा ४७, स्यांग्जामा ४१ र नवलपुरमा ४५ जना गरी गण्डकी प्रदेशमा जम्मा तीनसय ४७ जना नयाँ कोरोना संक्रमित भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ।

 

प्रतिक्रिया