‘पोखरा घर भै हाल बेल्जियम बस्दै आएका दीपक कार्की नेपाली सांगीतिक क्षेत्रमा भिडियो म्युजिक्मार्फत मोडलका रुपमा बाहिर आएका छन् l रमेश नेपालीको गीत रचना र संगीत अर्जुन नेपालीको संगीतमा स्वरुपराज आचार्यले गाएको “अरु त केवल ” बोलको गीतमार्फत कार्की नेपाली सांगीतिक क्षेत्रमा मोडलका रुपमा बाहिर आएका हुन् l उक्त गीत आर.बी म्युजिकको प्रस्तुति “मिठो सपना” नामको एल्बममा संग्रहित रहेको छ l गीतमा प्रतिक्षा खड्काले नारी पात्रको रुपमा कार्कीलाई सहयोग गरेकी छिन l दीपक तामांगले निर्देशन गरेको सो गीतको छायांकन रामेश्वर जिरेलले गरेका छन् l
भर्खरै मात्र म्युजिक भिडियो मार्फत नेपाली मोडल जगतमा उदाएका कार्कीले यस पेशालाई निरन्तरता दिने बताएका छन् l उनको अर्को म्युजिक भिडियो छिट्टै नै बजारमा आउने उनले जानकारी दिएका छन् l