पछिल्लो २४ घण्टामा पोखराका अस्पतालहरुमा उपचा’ररत ११ जनासहित गण्डकी प्रदेशमा १७ जना को’रोना संक्र’मितहरुको मृ’त्यु भएको छ । मृ’त्यु भएका १७ मध्ये एक जना भारती’य महिला समेत रहेकी छिन।
मृतकहरु कास्की जिल्लाका २ जना, स्याङजाका ४ जना, म्याग्दी जिल्लाका ३ जना, गाेरखाका २ जना, पर्वत, तनहुँ नवलपुर , सिन्धुली र लमजुङका एक-एक जना रहेका छन्
दुई दिन अघि कोरोना संक्रमण पुष्टि भै मणिपाल शिक्षण अस्पतालमा भर्ना भएकी ६४ वर्षीया भारतीय महिलाको सोही अस्पतालमा उपचार हुँदा हुँदै मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ। निर्देशनालयका अनुसार प्रदेशमा को’रोना संक्र’मणबाट नि’धन हुनेको संख्या पाँचसय ३१ पुगेको छ ।