पछिल्लो २४ घन्टामा पोखरा महानगरपालिकामा मात्र को’रोना संक्र’मणबाट ११ जनाको मृ’त्यु भएको छ।
पोखरा महानगरपालिकाको वडा नम्बर १ की ३० वर्षीया महिला, वडा नम्बर २ का ५४ वर्षीय पुरुष, वडा नम्बर ४ का ८३ वर्षिया बृद्धा, वडा नम्बर ६ कि ६८ वर्षीया बृद्धा, वडा नम्बर १० की ६१ वर्षीया बृद्धा, वडा नम्बर १४ की ७० वर्षीया बृद्धा, वडा नम्बर १७ का ३४ वर्षीय युवा, वडा नम्बर २५ का ४० वर्षीय पुरुष, वडा नम्बर ३१ का ४१ वर्षीय पुरुष र वडा नम्बर ३२ का ६४ वर्षीय बृद्धको को’रोना संक्र’मणबाट मृ’त्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्दे’शनालयले जनाएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार, स्याङजाका ६ जना, म्याग्दी, पर्वत, तनहुँ र रुपन्देही जिल्लाका एक-एक जनाको पनि को’रोना संक्र’मणबाट मृ’त्यु भएको छ। यो संगै गण्डकी प्रदेशमा को’रोना संक्र’मणबाट नि’धन हुनेको संख्या पांच सय १४ पुगेको छ ।
