काठमाडौं, २७ पुस ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको बारेमा सरकारले बुधबार निर्णय गर्दैछ । बुधबार बस्ने मन्त्रिपरिषद बैठकले उनलाई हटाउने, नहटाउनेबारे निर्णय गर्नेछ ।
यसअघि सरकारले मागेअनुसार ज्ञवालीले दोस्रो स्पष्टीकरण बुझाइसकेका छन् । भूकम्पमा भत्केका भौतिक संरचनाहरुको पुनर्निर्माण र पीडितलाई अनुदान वितरणमा प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै सरकारले ज्ञवालीसँग स्पष्टीकरण सोधेको हो ।
तर ज्ञवालीले भने यसको खण्डन गर्दै आफुले काम गरेपनि सरकारबाट असहयोग भएको उल्लेख गरेका छन्।