को’रोना संक्र’मणबाट दाङमा एक पत्रकारको मृ’त्यु, १३ जना सं’क्रमित

को’रोना संक्र’मणबाट दाङमा एक पत्रकारको मृ’त्यु, १३ जना सं’क्रमित


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २४ बैशाख २०७८
  • 5.2K
    Shares

को'रोना सं'क्रमितका लागि नेपाल पत्रकार महासंघ दाङले स्थापना गरेको आइशोलेशन

को’रोना संक्र’मण महामा’रीका बेला अग्रपंक्तिमा रहेर काम गरिरहेका पत्रकारहरु पनि को’रोना संक्र’मित भएका समाचारहरु आइरहेका छन।  यसैक्रममा दाङ जिल्लामा एकजना पत्रकारको को’रोना संक्र’मणबाट मृ’त्यु भएको छ भने १३ सं’क्रमित भएका छन्। .

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीका अनुसार, को’रोना संक्र’मित १४ जना पत्रकार मध्ये एक जना गम्भीर सं’क्रमितको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ। अन्य १२ जना पत्रकार होम आइसोलेसनमा रहेका छन्। उनीहरुको अवस्था सुधारोन्मुख रहेको उनले बताए ।

सं’क्रमित पत्रकारमध्ये केहीका परिवारका सदस्य समेत सं’क्रमित भएका छन्। उनीहरुको अवस्था पनि सुधार भैरहेको अध्यक्ष केसीले जानकारी दिए।

‘केही साथीहरु घरमा बस्दा परिवारलाई पनि सं’क्रमण फैलने समस्या भैरहेको छ,’ अध्यक्ष केसीले भने, ‘त्यसैलाई मध्यनजर गरी हामीले महासंघ कार्यालयमा ६ शय्याको आइसोलेसन तयार पारेका छौं। तर अक्सिजनको अ’भाव भएको छ।’

नेपाल पत्रकार महासंघ दाङले पत्रकारहरुका लागि स्थापना गरेको आइसोलेसनमा घोराही उपमहानगरपालिका–१५ का शीतल रावतले दुईवटा सिलिण्डर उपलब्ध गराएका छन्।  अझै कम्तीमा १० वटा अक्सिजन सिलिण्डर आवश्यक परेको अध्यक्ष केसीको भनाइ छ।

यसैबीच नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशअन्तर्गत ९१ पत्रकार सङ्क्र’मित भएका छन् । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशले ३३ प्रतिष्ठान शाखासहित ४८ विभिन्न सञ्चार गृहका अध्यक्ष र पत्रकारसँग गरिएको टेलिफोन वार्तामा १९ प्रतिष्ठान शाखासहित २५ सञ्चार गृहका ९१ पत्रकारमा को’रोना सङ्क्र’मण देखिएको हो ।

प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले प्रतिष्ठान प्रदेशबाट निर्वाचित एक केन्द्रीय सदस्य, प्रदेश समितिका एक सदस्य, प्रतिष्ठान शाखाका दुई अध्यक्ष, निर्वतमान केन्द्रीय सचिवसहितका पदाधिकारीलाई को’रोना सङ्क्र’मण देखिएको जानकारी दिए ।

राष्ट्रिय समचार समिति (रासस), रेडियो नेपाल, गोरखापत्र, कान्तिपुर टेलिभिजन, कान्तिपुर, राजधानी, नेपाल टेलिभिजन, माउन्टेन, नेपाल प्रेस, एभीन्यूज, मेट्रो एफएम, नयाँ पत्रिकालगायतका २५ सञ्चार माध्याममा कार्यरत पत्रकारलाई को’रोना सङ्क्र’मण देखिएको अध्यक्ष अधिकारीले बताए ।

प्रतिष्ठान प्रदेशले कोरोना सङ्क्र’मित पत्रकारको मनमोहन अस्पताल, पाटन अस्पताल, नर्भिक अस्पताल, टेकु अस्पताल, नेपाल प्रहरी अस्पताललगायतका अस्पतालमा उपचार भइरहेको भन्दै उपचारमा संलग्न सम्पूर्ण पत्रकारको स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

प्रतिक्रिया