पोखराका अस्पतालहरुमा चार जना को’रोना सं’क्रमितको मृ’त्यु

पोखराका अस्पतालहरुमा चार जना को’रोना सं’क्रमितको मृ’त्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २३ बैशाख २०७८
  • 9.5K
    Shares

कोरोना संक्रमणबाट मृत्यु

पछिल्लो २४ घण्टामा पोखरामा को’रोना संक्र’मणबाट चार जनाको मृ’त्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार, आज बिहान दुई जना र हिजो बेलुका २ जना गरी ४ जनाको उपचारको क्रममा  पोखराका अस्पतालमा चार जनाको मृ’त्यु भएको हो  ।.

हिजो को’रोना सं’क्रमण पुष्टि भएका कास्की जिल्लाको पोखरा महानगरपालिका–२९ का ४१ वर्षीय पुरुषको आज विहान ७ बजे मणिपाल शिक्षण अस्पताल पोखरामा नि’धन भएको छ भने सोही अस्पतालमा उपचाररत को’रोना स’क्रमित पोखरा महानगरपालिका–१७ का ७३ वर्षीय पुरुषको हिजो बेलुका पौने ७ बजे नि’धन भएको हो । उनलाई २१ गते को’रोना सं’क्रमण पु’ष्टि भएको थियो । त्यस्तै हिजो को’रोना सं’क्रमण पु’ष्टि भएका म्याग्दी जिल्ला धौलागिरी गाँउपालिका–२ की ७२ वर्षीय महिलाको आज बिहान सवा ७ बजे मणिपाल शिक्षण अस्पताल पोखरामा नि’धन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।

२१ गते को’रोना सं’क्रमण पुष्टि भएका पोखरा महानगरपालिका–३ का ८७ वर्षीय पुरुषको हिजाे चरक मेमोरियल अस्पताल पोखरामा नि’धन भएको प्राप्त समाचारमा जनाइएको छ।

 

प्रतिक्रिया