अ’त्याधिक शुल्क असु’ल्दै निजी अस्पताल, केएमसी र ह्याम्स अस्पतालसंग स्प’ष्टीकरण माग

अ’त्याधिक शुल्क असु’ल्दै निजी अस्पताल, केएमसी र ह्याम्स अस्पतालसंग स्प’ष्टीकरण माग


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २३ बैशाख २०७८
  • 7.2K
    Shares

केएमसी र ह्याम्स अस्पताल

ग’म्भीर प्रकृतिका को’रोना संक्र’मित बढ्न थालेको मौका छोप्दै केही निजी अस्पतालले विभिन्न शीर्षकमा अ’त्याधिक शुल्क असु’ल्न थालेको पाइएको छ ।

विरामीका आफन्तका अनुसार ‘नर्मल बेड’मा एकैदिन राखेको १५ हजारदेखि २० हजार रुपैयाँसम्म लिने गरिएका छन्। संक्रमितका आफन्त भने चर्को शुल्क तिर्न बाध्य बनेका छन् । काठमाडौं मेडिकल कलेजले प्रतिदिन १० हजारदेखि ३० हजारसम्म लिने गरेको छ ।

सो कलेजद्वारा जारी सूचनामा ‘कोभिड क्याबिन सिंगल बेडको प्रतिदिन २० हजार, कोभिड क्याबिन डबल बेडको प्रतिदिन १० हजार, कोभिड क्याबिन डिलक्स प्रतिदिन २५ हजार र कोभिड क्याबिन सुपर डिलक्सको प्रतिदिन ३० हजार रुपैयाँ दररेट निर्धारण गरिएको’ उल्लेख छ ।

यो सरकारले निर्धारण गरेको शुल्कभन्दा अत्यधिक हो । त्यस्तै, ह्याम्स अस्पतालले ७ हजारदेखि ५० हजारसम्म लिएको पाइएको छ । सो अस्पतालद्वारा जारी कोभिड–१९ उपचारसम्बन्धी मञ्जुरीनामाअनुसार जनरल बेडको ७ हजार, आईसीयू बेडको २२ हजार, चार्ज आइसोलेसन÷सुइट रुमको ५० हजार रुपैयाँ शुल्क पर्छ ।

अन्य केही निजी अस्पतालले समेत सरकारले तोकेभन्दा दोब्बर शुल्क लिन थालेका छन् । सरकारी मापदण्डअनुसार निजी अस्पतालले आइसोलेसन शुल्क दैनिक ३ हजार ५ सय, मध्यम जटिल केस का लागि दैनिक ७ हजारको ५० प्रतिशत जोडेर लिनसक्ने प्रावधान छ । गम्भीर विरामीको आईसीयूमा भेन्टिलेटरसहितको उपचारका लागि दैनिक १५ हजारको ५० प्रतिशत जोडेर लिनसक्ने व्यवस्था छ । तर, केही निजी अस्पतालले यो नियम बेवास्ता गर्दै अत्यधिक शुल्क लिइरहेका छन् ।

यसैबीच प्राप्त जानकारी अनुसार, जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं मेडिकल कलेज (केएमसी) र ह्याम्स अस्पताललाई स्प’ष्टीकरण सोधेको छ ।

को’रोना संक्र’मितको उपचारका लागि सरकारले तोकेको भन्दा बढी शुल्क लिएको जानकारी आएकाले स्प’ष्टीकरण सोधिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

ती अस्पतालको शुल्क विवरण सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारीले स्पष्टीकरण सोधेका हुन् ।

स्वास्थ्य मन्त्रालयले भने को’रोना सं’क्रमितको उपचारका लागि दैनिक शुल्क आईसीयूमा १५ हजार रुपैयाँसम्म लिन पाउने नियम बनाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले नियम वि’परीत बढी शुल्क लिएको पाए कारबाही गर्ने बताए ।

प्रतिक्रिया