गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेकपा एमाले पोखरा महानगर कमिटिका अध्यक्ष दीपक पौडेललाई को’रोना सं’क्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रदेश सरकार मातहतको संक्रा’मक तथा स’रुवा रोग अस्पतालमा मंगलबार साँझ गरिएको को’रोनाको पिसिआर परिक्षणको नतिजा पोजेटिभ आएको हो। .
मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपाने पनि सं’क्रमित भएर ४ दिनदेखि एकान्तवास (आइसोलेसन)मा छन्। मुख्यमन्त्री पनि अहिले आफ्नै निवासको एकान्तवास (आइसोलेसन) मा छन्।
प्रदेश सरकार मातहतको संक्रा’मक तथा सरुवा रोग अस्पतालमा मंगलबार साँझ उनको आरडिटी परीक्षण गर्दा पोजेटिभ आएको हो।
यसअघि गण्डकी प्रदेशका ४ जना सांसदको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो। सांसदहरु राजीव पहारी, प्रभा कोइराला, मनकुमारी गुरुङ र खिमविक्रम शाहीलाई को’रोना संक्र’मण पुष्टि भएको हो।
मुख्यमन्त्रीविरु’द्ध संसदमा पेस भएको अवि’श्वास प्रस्ताव छलफल गर्नुअघि सांसदहरु सबैको को’रोना परीक्षण भएको थियो। त्यसमध्ये सुरुमा ३ जनाको पोजेटिभ आएको थियो।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, नेकपा एमालेको पोखरा महानगर कमिटिका अध्यक्ष दीपक पौडेलले आफुलाई को’रोना संक्रामण पुष्टि भएको आफ्नो फेसबुक मार्फत जानकारी दिएका छन्। उनले आफ्नो सम्पर्कमा आएका आफ़न्तजन तथा परिवारजनलाई सचेताटता अपनाउन पनि फेसबुकमार्फत आग्रह गरेका छन्।