पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ भने सात हजार छसय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार एकसय ३१ पीसीआर परीक्षण गरिएकोमा सात हजार पाँचसय ८७ र पाँचसय ७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या एक हजार ७७५ रहेको छ ।
मंगलबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार सातसय ९८ रहेको छ । जसमध्ये ५५ हजार पाँचसय २० जना होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा चार हजार दुइसय ७८ जना रहेका छन् । मंगलबार छसय १६ जना आईसीयूमा र एकसय ७९ जना भेन्टिलेटरमा उपचाररत छन् ।
नेपालमा मंगलबारसम्म कोरोना भाइरस संक्रमण हुनेको संख्या तीन लाख ५१ हजार पाँच पुगेको छ । जसमध्ये दुई लाख ८७ हजार सातसय ९० जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरस संक्रमणबाट तीन हजार चारसय १७ जनाको मृत्यु भएको छ ।