कोरोना संक्रमणबाट पोखरामा पांच जनासहित गण्डकी प्रदेशमा आठ जनाको मृत्यु

कोरोना संक्रमणबाट पोखरामा पांच जनासहित गण्डकी प्रदेशमा आठ जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १९ बैशाख २०७८
  • 3.8K
    Shares

कोरोनाले तीन जनाको मृत्यु

कोरोंना संक्रमणबाट पोखरामा पांच जनासहित गण्डकी प्रदेशमा आठ जनाको मृत्यु भएको छ। होमआइसोलेसनमा बसेका तथा पोखराका विभिन्न अस्पतालमा उपचाररत पांच जनासहित गण्डकी प्रदेशमा कोरोंना संक्रमणबाट आठ जनाको मृत्यु भएको हो।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार, पोखरा महानगरपालिका–१६ का ७७ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो । वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएका उनी होमआइसोलेसनमा बस्दै आएका थिए । यसैगरी पोखरा महानगरपालिका–१६ कै ७३ वर्षीया महिला र वडा नम्बर–१० की उमेर खुल्न नसकेकी महिलाको शनिबार मेडिप्लस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । ७३ वर्षीया महिलामा वैशाख १२ र उमेर खुल्न नसकेकी महिलामा वैशाख १६ गते संक्रमण पुष्टि भएको थियो ।

वैशाख १५ गते संक्रमण पुष्टि भएका पोखरा महानगरपालिका–२६ की ५८ वर्षीया महिलाको पनि शनिबार मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रवक्ता शार्माले जानकारी दिए।  प्रबक्ता शर्माले  वैशाख १८ गते संक्रमण पुष्टि भएका पोखरा महानगरपालिका–१९ का ५४ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको बताए ।

पर्वतको कुश्मा नगरपालिका–५ की ७६ वर्षीया महिलाको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा शनबिार मृत्यु भएको अस्पतालले जनाएको छ । उनीमा वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

दाङको राप्ती गाउँपालिका–५ का ४३ वर्षीय पुरुषको शनिबार बिहान १ः२२ बजे गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो । उनीमा वैशाख १५ गते संक्रमण पुष्टि भएको थियो ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का ७५ वर्षीय पुरुषेको आइतबार बिहान १०ः३० बजे मेडिप्लस अस्पताल पोखरामा मृत्यु भएको अस्पतालले जनाएको छ । उनीमा वैशाख ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया