पोखरामा स्थानीय प्रशासनले आज एउटा आयुर्वेद फार्मेसी शिल गरेको छ । कास्कीको पोखरा महानगरपालिका–१४ मा रहेको रक्त आर्युवेद फार्मेसीलाई स्थानीय प्रशासनले शिल गरेको हो ।
विगत केही समयदेखि चिकित्सकको प्रेस्कृप्सन बिना बेच्न नहुने औषधी बेचविबखन गरेको भन्दै स्थानीय प्रशासनले रक्त आर्युवेद फार्मेसीलाई शिल गरेको प्रहरीले जानकारी दिएको छ।
पोखरा–२९ का जीवन सुनारले संचालन गरेको सो फार्मेसीमा जिल्ला अनुगमन समितिका पदाधिकारीहरुले अनुगमन गर्ने क्रममा उक्त फार्मेसी पोखरा–२९ का जीवन सुनारको नाममा रहेको देखिएपच्नि अर्कै व्यक्तिले संचालन गरेको फेला परेको थियो।
सो अनुगमन टोलीमा कास्कीका सहायक प्रमूख जिल्ला अधिकारी, पोखरा महानगरपालिकाको वडा नं १४ का वडाध्यक्ष, स्वास्थ्य कार्यालय र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोली रहेको थियो।