वीरगञ्जस्थित नाकाको हेल्थ डेस्कबाट कोरोना संक्रमित भागे

वीरगञ्जस्थित नाकाको हेल्थ डेस्कबाट कोरोना संक्रमित भागे


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ६ बैशाख २०७८
  • 3.9K
    Shares

फरार , janasanchar

वीरगञ्जस्थित नाकाको हेल्थ डेस्कबाट एक जना कोरोना संक्रमित फरार भएका छन्।

एन्टीजेन विधिबाट वीरगञ्जस्थित नाकाको हेल्थ डेस्कमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका चार जना मध्ये एक जना ड्युटीमा रहेका स्वास्थ्यकर्मीलाई छलेर भागेका हुन्।  हेल्थ डेस्कबाट भागेका व्यक्ति नेपाली हुन् भने अन्य तीन जना भारतीय नागरिक रहेका छन्।

हेल्थ डेस्कमा खटिएका हेल्थ असिस्टेन्ट सैनुल्लाह हवारीले रिपोर्ट आएपछि खोज्दा नेपाली युवक नभेटिएको बताए । स्थानीय बासिन्दा समेत रहेका ती भागेका युवक  स्वाब दिएर रिपोर्ट नआउँदै भागेको उनले जानकारी दिए। अहिले उनको मोबाइल स्विच अफ रहेको छ।

वीरगञ्जमै घर भएका युवकको सुरक्षाकर्मीले खोजी गरिरहेको छ । फरार भएका संक्रमित युवकको खोजी भइरहेको नाकास्थित इनर्वा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक पूर्णप्रसाद दाहालले जानकारी दिए ।

संक्रमण पुष्टि भएका नेपालीलाई सम्बन्धित पालिकासँग समन्वय गरेर होम आइसोलेसनमा बस्ने गरी पठाउने गरिएको छ भने भरतीय संक्रमितलाई सीमावर्ती भारतीय प्रहरीको जिम्मा लगाएर भारततर्फ नै फर्काउने गरिएको छ ।

गएको चैत २३ गतेदेखि वीरगञ्ज नाकामा  एन्टीजेन टेष्ट शुरु गरिएको छ । हालसम्म भारतबाट वीरगञ्ज नाका हुँदै प्रवेश गर्ने १४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ, जसमध्ये ४ जना नेपाली र बाँकी १० जना भारतीय हुन् ।

 

प्रतिक्रिया