पर्वतको राम्जादेउराली गाबिस वडा नं ३ उपल्लो गोतामेथर घर भै जिल्ला भूसंरक्षण कार्यालय स्याङ्गजामा कार्यरत जिल्ला भूसंरक्षण कार्यालय स्याङ्जाका प्रमुख कमलप्रसाद गौतम ६ दिनदेखि बेपत्ता छन् । प्रहरी, आफन्त र सरकारी निकायबाट गौतमको तीव्ररुपमा खोजतलास भइरहेको छ । तर, उनको अवस्था भने अझै अज्ञात छ ।
गएको सोमबार (१८ पुस) गते मध्यान्ह १२ बजेतिर आफ्नै कार्यालयबाट विभागतर्फ जाने भन्दै निस्केका गौतम न त विभागमा पुगेको खवर आयो, न त कार्यालयमा नै फर्केर आए ! अघिल्लो दिन (आइतबार) छोरीसँगको फोन वार्ताका क्रममा” विभागको कामसहित आफू भोली (सोमबार) काठमाडौं आउने ” बताएका बावाको खवर केही नआएपछि खोजी गर्दा गौतम वेखवर रहेको खुल्न आएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत यादवराज शर्माले जानकारी दिए ।
करिब ५ बर्षदेखि जिल्ला भूसंरक्षण कार्यालय स्याङ्जामा प्रमुख भइ काम गर्नु भएका गौतमको घर पर्वत भए पनि उनका परिवार हाल काठमाडौंमा बस्र्दै आएका छन् । उनका दुई छोरी एक छोरा र पत्नी छन् । प्रहरीले कल डिटेल मार्फत् खोजतलास गरिरहेको जनाएको छ । उनको मोवाइल टावरको संकेत अनुसार मुग्लिङमा देखाएको बताइएको छ ।