अमेरिकाको फ्लोरिडास्थित एयरपोर्टमा गोली चल्यो ५ मृत्यु

अमेरिकाको फ्लोरिडास्थित एयरपोर्टमा गोली चल्यो ५ मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २२ पुष २०७३
  • 13.3K
    Shares

अमेरिकाको  फ्लोरिडा राज्यको फोर्ट लाउडरडेल एयरपोर्टमा गोली चल्दा पांचको मृत्यु भएको छ । उक्त गोली काण्डमा एक दर्जन भन्दा वढी घाइते भएको सचारसंस्था सीएनएनले जनाएको छ । उक्त एयरपोर्टको समान वुझ्ने स्थान (व्यागेज क्लेम) मा अन्धाधुन्ध गोली चल्दा उक्त घटना भएको हो । घटना हुदां त्यहां भिडभाड थियो ।
गोलि चलाउने एकमात्र व्यक्ति भएको र उ पक्राउ परेको स्थानिय प्रहरीले जनाएका छन् । सिनेटर विल निल्सनले गोली चलाउने स्टेवन सेन्टिएगो भएको र उ सग मेलिटरी परिचयपत्र फेला परेको जानकारी दिए । अभियुक्त आलस्कावाट आएका थिए । अभियुक्तवाट फेलापरेको परिचयपत्र अनुसार उनी मेलिटरी सेवावाट अवकास पाएको देखिन्छ । तर, यससम्वन्धि विस्तृत जानकारी प्राप्त भईसकेको छैन । घाइतेको स्थानिय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
florida-goli-2
अहिलेसम्म प्राप्य जानकारी अनुसार गोली चलाउने एक जनामात्र व्यक्ति छन् ब्रोवार्ड काउण्टी कमिस्नर बारवारा सेरिफको भनाई उदृत गर्दै सीएनएनले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार झण्डै २० बर्ष हाराहारीको देखिने स्टार वार टिसर्टमा आएका एक युवाले भिडभाडमा गोली चलाएका हुन । तर, स्थानिय प्रहरीले गोली चलाउनु पर्ने अवस्था नआएको र बन्दुकधारी पक्राउ परेको ब्रोवार्ड काउण्टी सेरिफ स्कट इजरेलले जनाएका छन् । फोटो साभार: सामाजिक संजाल (एजेन्सी)

प्रतिक्रिया