अन्तत: बागमती प्रदेशमा डबल नेकापा विभाजित भएको छ। पुष्पकमल दाहाल-–माधव नेपाल नेतृत्वको डबल नेकपाको बुधवार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको प्रदेशसभा संसदीय दलको बैठकले वागमती प्रदेशको संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाई अष्टलक्ष्मी शाक्य संसदीय दलको नेता चयन गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शाक्यको अध्यक्षतामा बसेको प्रदेशसभा संसदीय दलको बैठकले पौडेलले सोधेको स्पष्टिकरण दिन नपर्ने निर्णय पनि गरेको समाचारस्रोतले जानाकारी दिएको छ ।
शाक्यलाई यसअघि नै दलको नेता बनाएर मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरी पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भैसकेको छ।
मुख्यमन्त्री पौडेलबिरुद्ध अविस्वासको प्रस्ताब दर्ता भैसकेको अवस्थामा बिधानत : मुख्यमन्त्री पौडेलले एकसय १० सदस्यीय बामती प्रदेश सभामा एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ ।
बाफ्मती प्रदेश सभामा डबल नेकपाका कुल ८१ सांसद रहेकामा ४५ जना अष्टलक्ष्मी शाक्यको पक्षमा देखिएका छन् ४४ जना वर्तमान मुख्यमन्त्री पौडेलका पक्षमा उभिएका छन्।