लादेनका कान्छा छोरा अमेरिकाको आतंककारीको सूचीमा

लादेनका कान्छा छोरा अमेरिकाको आतंककारीको सूचीमा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २२ पुष २०७३
  • 8.6K
    Shares

अमेरिकाले ओसामा बिन लादेनका २० वर्षीय कान्छा छोरा हमजा बिन लादेनलाई आतंककारीको सूचीमा राखेको छ । एक अडियो टेपमार्फत आफ्नो बुवा ओसामा बिन लादेनले देखाएका जिहादको बाटोमा लाग्ने प्रतिबद्धता  व्यक्त गरेका हमजालाई अमेरिकाले आतंककारीको सूचीमा राखेको हो l  हमजाले अल–कायदाको तर्फबाट एक अडियो टेप जारी गर्दै पश्चिमी देशलाई निशाना बनाएर हमला गर्ने अपिल गरेका थिए ।

मध्यपूर्व घटनाका जानकार प्राध्यापक फैवेज जेर्जेसले बीबीसी रेडियोलाई बताए अनुसार हमजा अल कायदामा निकै चर्चित छन् । हमजा सन् २०१५ मा औपचारिक रुपमा अलकायदाको सदस्य बनेका थिए ।  उनी आफ्नो बुवाका सबैभन्दा प्रिय छोरा थिए र पछिल्लो १० वर्षदेखि उनले आफ्नो बुवाको स्थान ओगट्ने बताउँदै आइएको थियो ।हमजाले अलकायदाको सदस्यता लिएसँगै पश्चिमा देशका राजधानीमा आक्रमण केन्द्रित गर्ने बताउँदै आएका थिए ।

laden

अमेरिकी विदेश मन्त्रालयका अनुसार हमजा बिन लादेन अल कायदामा निकै सक्रिय छन् । अब उनीमाथि अमेरिकी नागरिकसँग कुनै पनि प्रकारको व्यापार गर्न प्रतिबन्ध हुनेछ र उनको सम्पत्ति जफत गरिनेछ ।

अल–कायदाका सुरक्षा प्रमुख इब्राहिम अल बानाकमो नाम पनि कालो सूचीमा राखिएको छ । अल बानामाथि अमेरिकाले ५० लाख डलरको इनाम राखेको छ ।

अलकायदाका पूर्व नेता ओसामा बिन लादेन अमेरिकी गठबन्धन सेनाले सन् २०११ मा पाकिस्तानको एबोटावादमा गरेको विशेष सुरक्षा कारवाहीमा मारिएका थिए ।

प्रतिक्रिया