ओली पक्षको केन्द्रीय सदस्य पद कास्कीका नेता दलबहादुर गुरुङद्वारा अस्वीकार

ओली पक्षको केन्द्रीय सदस्य पद कास्कीका नेता दलबहादुर गुरुङद्वारा अस्वीकार


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ९ पुष २०७७
  • 9.1K
    Shares

कास्कीका नेता दलबहादुर गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाको केन्द्रीय सदस्यमा मनोनित पद अस्वीकार गरेका छन् । कास्की माछापुच्छ्रे गाउँपालिका निवासी गुरुङले ओली पक्षको नेकपाको केन्द्रीय सदस्य पद अस्वीकार गरेका हुन् ।

गुरुङले विहीबार एक प्रेस विज्ञप्ती जारी गरेर आफू सँधै पार्टी एकताको पक्षमा रहेको उल्लेख गरेका छन् ।

आफूलाई केन्द्रीय सदस्यमा मनोनित गरेकोमा धन्यवाद दिन्छु,उनले अगाडि भनेका छन्‘यद्वपी हाम्रो पार्टी नेकपामा हाल देखा परेको विग्रह र समग्र मुलुकमा देखा परेको राजनीतिक अन्यौलताले मलाई चिन्तित बनाइरहेको छ, मसँधै विधि र विधान सम्मत सञ्चालित एकताबद्ध कम्युनिष्ट पार्टीको पक्षमा रहेको अवगत गराउँदै मलाई केन्द्रीय सदस्य पदमा मनोनित गरेको निर्णय अस्वीकार गरेको व्यहोरा सबैमा स्पष्ट पार्न चाहन्छु ।’

ओली पक्षले केन्द्रीय सदस्यमा मनोनित गरेका गुरुङ नेकपा कास्की सचिवालय सदस्य हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार