काठमाडौं, २१ पुस ।
सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई बर्खास्त गर्ने निर्णय गरे पनिऔपचारिक पाउने भने भोलि शुक्रबारसम्म कुर्नु पर्ने भएको छ ।
ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै सरकारले हालै स्पष्टीकरण सोधेको थियो । उनले बुधबार १२ पन्ने स्पष्टीकरण बुझाएका थिए ।
प्रधानमन्त्री कार्यालयका सचिव दिनेशकुमार थपलियाले ज्ञवालीलाई पठाएको पत्रमा यसअघि ज्ञवालीले पेश गरेको स्पष्टीकरण उचित आधार र तर्कसंगत नभएको उल्लेख छ ।
२ पन्ने पत्रमा भनिएको छ, ऐनको दफा ११ को उपदफा ४ बमोजिम निजलाई उो प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत पदबाट किन नहटाउने हो ? सो सम्वन्धमा थप प्रष्ट गर्नु पर्ने आधार र कारण भए २४ घन्टाको म्याद दिई स्पष्टीकरण माग गर्ने ।’
एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले प्राधिकारणका सीईओले काम गर्न नसकेको घाम झै छर्लङ्ग रहेको बताए ।
साथै उनले ज्ञवालीको बर्खास्ती र नयाँ सीईओ नियुक्तिको औपचतारिक निर्णय एकसाथ हुने बताए । तर, कसलाई नियुक्त गर्ने भन्ने खुलाएनन् ।
केपी ओली नेतृत्वको सरकारले ज्ञवालीलाई १० पुस २०७२ मा प्राधिकरणको सीईओमा नियुक्त गरेको थियो ।
सरकारले स्पष्टीकरण सोधे लगतै ज्ञवालीले भने प्रमुख विपक्षी एमालेको समर्थन लिएर आफूलाई हटाएर अदालत जाने धम्की दिँदै आएका थिए ।