हाँस्यकलाकार मनोज गजुरेलले दोस्रो बिहे गर्ने निर्णय गरेका छन् । पत्नी मिनासँग सम्बन्धबिच्छेद गरेका उनले २ वर्षपछि नयाँ घरजम गर्ने निर्णयमा पुगेका हुन् ।
गजुरेलले आफूले बिहे गर्न लागेको बताउँदै केही व्यक्तिगत कारणले महिलाको पृष्ठभूमिका बारेमा खुलाउन समय लाग्ने बताए ।
२०५३ सालमा प्रेम विवाह गरेका यी जोडीको वैचारिक मतभेद आएपछि सम्बन्धबिच्छेदअघि केहीसमय अलग–अलग समेत बस्न थालेका थिए । गजुरेलको मीनाको एक छोरा र एक छोरी रहेका छन् भने दुबै गजुरेलसँगै बस्दै आएका छन् ।
उनका अनुसार छिट्टै बिहे गर्ने तयारी भएको छ ।