सरकारले अटेरी गरेपछि किसानहरुद्वारा भारत बन्दको घोषणा

सरकारले अटेरी गरेपछि किसानहरुद्वारा भारत बन्दको घोषणा

कृषिसम्वन्धी नयाँ कानुनहरुप्रति किसानहरुको चरम असन्तुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २१ मंसिर २०७७
  • 4.6K
    Shares

सरकारले अटेरी गरेपछि किसानहरुद्वारा देशभरी बन्दको घोषणा

आफ्ना मागहरु पुरा गर्न सरकारले अटेरी गरेको भन्दै भारतमा आन्दोलनरत किसानले यही डिसेम्बर ८ तारिखका दिन देशभरी बन्दको घोषणा गरेका छन् ।

कृषिसम्वन्धी नयाँ कानुनहरुप्रति असन्तुष्टि जनाउदै भारतमा केही समयदेखि किसानहरु देशव्यापी आन्दोलनरत छन् । आफ्ना मागहरु पुरा गर्न सरकार तत्पर नरहेकाले भारत बन्दको आह्वान गरिएको किसानका नेता गुर्नाम सिंह चाडोनीले पत्रकार सम्मेलनमार्फत् जानकारी दिए।

हालै ल्याइएका कृषिसम्वन्धी कानुनहरु रद्ध नगरिएमा देशव्यापी बन्द अन्तर्गत सबै सडकहरुमा अवरोध गरिने उनले जानकारी दिए ।

सरकारले ल्याएको कानुन लागु भएपछि किसानहरु थप मर्कामा पर्ने, कृषिजन्य उत्पादनले पर्याप्त मुल्य नपाउने दाबी आन्दोलनरत किसानहरुको रहेको छ ।

केही महिना अगाडि नै पारित भएको कानुनप्रति किसानहरुले त्यतिबेला देखि नै असन्तुष्टि जनाउदै आएपनि आन्दोलन भने केही समय अगाडिदेखि मात्रै शुरु भएको हो । अहिले केन्द्रीय राजधानी नयाँ दिल्लीलाई समेत प्रभावित पार्नेगरी आन्दोलन शुरु भएकाले केन्द्रीय सरकार अहिले दबाबमा परेको छ ।

आन्दोलन चर्किदै गएपछि सरकारले किसानसँग पटक पटक वार्ता पनि गरेको छ । तर वार्ता परिणममुखी हुन नसकेकाे भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

प्रतिक्रिया