फेसबुकमा स्याङ्जा प्रहरीलाई गाली गलौज गर्ने युवा पक्राउ

फेसबुकमा स्याङ्जा प्रहरीलाई गाली गलौज गर्ने युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ मंसिर २०७७
  • 11.1K
    Shares

janasanchar ,जिल्ला प्रहरी कार्यालय स्याङ्गजा

स्याङ्जा प्रहरीले फेसबुकमा अनावश्यक कुरा लेख्दै प्रहरीलाई गाली गरेपछी एक युवा पक्राउ गरेका छन ।

पुतलीबजार नगरपालिका वडा नं १ बस्ने २० वर्षीय निसान थापा क्षेत्रीले फेसबुकमार्फत प्रहरीलाई गाली गलौज गरेको आरोपमा घरबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले १ जना मानिससहित ४ केजी ५०० ग्राम गाँजा बराबद तथा प्रक्राउ गरेको सम्बन्धमा फेसबुक मार्फत प्रहरीलाई अश्लिल भाषा प्रयोग गरी गालीगलौज गर्ने, कानुन कार्यान्वयनमा नै चुनौति दिएपछि पक्राउ गरिएको अधिकारीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार