बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका युवकको घरमा स्थानीय बासिन्दाद्वारा आगजनी, प्रहरीले चलायो गोली, तीन घाइते

बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका युवकको घरमा स्थानीय बासिन्दाद्वारा आगजनी, प्रहरीले चलायो गोली, तीन घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ९ मंसिर २०७७
  • 7.3K
    Shares

वलात्कार पछि बालिकाको हत्या गरेको आरोप लागेका युवाको घरमा आगजनी

महोत्तरीको बर्दिबासकी ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका युवकको घरमा स्थानीय बासिन्दाले आगो लगाएर ध्वस्त पारिदिएका छन्।

मंगलबार बिहान स्थानीयले बलात्कारका आरोपी स्थानीय २५ वर्षीय अरुण कुमार साहको घरमा आगो लगाएका थिए । आगोले पुरै घर ध्वस्त हुने अवस्थामा पुगेपछि नियन्त्रणका लागि पुगेका प्रहरीलाई समेत स्थानीय बासिन्दाले रोकेका थिए ।

किराना पसल समेत रहेको उक्त घर आगलागीबाट ध्वस्त भएको छ। प्रदर्शनलाई नियन्त्रणमा लिनको लागि प्रहरीले गोली चलाएको छ । गोली लागी तीनजना प्रदर्शनकारी घाइते भएका छन् । स्थानीयका अनुसार प्रहरीको गोली लागेर बर्दिबास बस्ने ३५ वर्षीय संजय भनिने बुद्धिराज न्यौपाने, अफताब आलम र श्याम कार्की घाइते भएका हुन् ।

न्यौपानेको तिघ्रामा, आलमको टाउकोमा गोली लागेर गम्भीर घाइते भएका छन् । न्यौपाानेको उपचार बर्दिबासमा हुन नसकेपछि काठमाडौं रेफर गरिएको छ । अन्य घाइतेको शुभ स्वस्तिक हस्पिटलमा उपचार हुँदै छ ।

यसअघि पनि स्थिति नियन्त्रमा लिन प्रहरीले दर्जनौ सेल अश्रु ग्यास प्रहार गरेको थियो । तर पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन । यो पनि हराएकी ६ वर्षीया बालिकाको शव बोरामा भेटियो, एक पक्राउ आइतबार बेलुकादेखि बेपत्ता बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको अवस्थामा सोमबार राति शव फेला परेको थियो ।

पक्राउ परेका साहले बालिकाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। बालिका गुलाबलाई साहले बलात्कारपश्चात हत्या गरी बोरामा राखेर फालेको स्थानीय र प्रहरीको अनुमान छ।

प्रतिक्रिया