कन्ट्याक ट्रेसिङमा परेका तनहुँ शुक्लागण्डकीका मेयर गुरुङलाई कोरोना पुष्टि

कन्ट्याक ट्रेसिङमा परेका तनहुँ शुक्लागण्डकीका मेयर गुरुङलाई कोरोना पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ९ मंसिर २०७७
  • 6.1K
    Shares

आश तमु पोखरा -तनहुँ शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कन्ट्याक ट्रेसिङमा परेका मेयर गुरुङलाई मङ्गलबार कोरोना पुष्टि भएको हो । आइतबार स्वाब सङ्कलन गरी पिसीआर परीक्षणका लागि क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशाला पठाईएकोमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए ।

श्रीवास्तवका नुसार मेयर गुरुङमा कुनै पनी लक्षण देखिएको छैन । मेयर गुरुङ सहित मङ्गलबार शुक्लागण्डकी नगरपालिकामा पाँच जनामा कोरोना संक्रमिण पुष्टी भएको छ ।

संक्रमित हुनेमा वडा नम्बर ७का ६६ र ३० वर्षिय पुरुष तथा १३ वर्षिय बालिका , वडा नम्बर ४ की ५१ वर्षिय महिला रहेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार