भाइटिकाको दिन पोखराको फेवातालमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
सोमबार तालमा तैरिरहेको अवस्थामा युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीका अनुसार बाराही घाट नजिकै दिउसो करिव १ बजे पहिचान नखुलेको अन्दाजी ३०३५ वर्षको पुरुष मृत फेला परेको हो ।
घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।