घरमा बालिएको दियोबाट आगलागी हुँदा १५ वर्षिया मनाकुमारी साहको मृत्यु

घरमा बालिएको दियोबाट आगलागी हुँदा १५ वर्षिया मनाकुमारी साहको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३० कार्तिक २०७७
  • 3.3K
    Shares

वीरगञ्ज । पर्सामा घरमा बालिएको दियोबाट आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार राति भएको आगलागीमा बहुदरमाई नगरपालिका – ८ रामनगरी बस्ने मनबोध साहकी छोरी १५ वर्षिया मनाकुमारी साहको मृत्यु भएको हो ।

लक्ष्मीपूजापछि घरमा बालिएको दियोबाट आगालागी भएको थियोे । आगलागी हुँदा घरमै सुतिरहेकी उनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरका अन्य सदस्यले भने भागेर ज्यान जोगाएका थिए ।

आगलागीबाट फुसको घरमा रहेको लत्ताकपडा, खाद्यान्नलगायतका सामग्रीहरु जलेर नष्ट भएको छ । करिब ५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । शव पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार