पोखरामा शनिवार पाचँ जना कोरोना संक्रमितको मुत्यु

पोखरामा शनिवार पाचँ जना कोरोना संक्रमितको मुत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २९ कार्तिक २०७७
  • 18.6K
    Shares

पोखरामा शनिवार पाचँजना कोरोना संक्रमितको मुत्यु भएको छ । कोरोना भाइरस संक्रमणबाट पोखरामा ज्यान गुमाउनेमा पोखरा २६ की ७२ वर्षीय महिला रहेकी छिन् ।  उनको उपचारका क्रममा आज बिहान ७ बजेर ४५ मिनेट जाँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो । उनलाई कार्तिक २८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । 

त्यस्तै पोखरा १८ का ४८ वर्षीय कोरोना संक्रमित पुरुषको समेत ज्यान गएको छ । उनको समेत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान साढे ९ बजे ज्यान गएको हो । उनलाई कार्तिक २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

कार्तिक २७ गते कोरोना संक्रमण पुष्टि भएका  स्याङजा वालिङ १४ का २४ बर्षीय युवकको २७ गते तथा कार्तिक १९  गते कोरोना संक्रमण पुष्टि भएका पोखरा महानगर १४ का ६३ वर्षीय पुरुषको २९ गते बिहान उपचार कै क्रममा गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको गण्डकी स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो  ।

त्यसै गरि पोखरा कार्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएकी  पोखरा १५ की ५० वर्षीया महिलाको २८ गते बेलुका ६ :३० बजे पोखराको चरक मेमोरियल हस्पिटल पोखरामा उपचार कै क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार