बिजया दशमीकै दिन ‘डुम’ भन्दै दलित परिवारमाथि कुटपिट

बिजया दशमीकै दिन ‘डुम’ भन्दै दलित परिवारमाथि कुटपिट


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १३ कार्तिक २०७७
  • 8.5K
    Shares

दलितमाथि कुटपिट

बिजया दशमीकै दिन बैतडीको सिगास गाउँपालिका वडा न ६ काडामा राजेन्द्र बिकको परिवार .माथि कुटपिट भएको छ ।

राती मदिरा सेवन गरी मानबहादुर रोकाया , पदम रोकाया , खिमा रोकाया लगायतले राजेन्द्र बिकको परिवारलाई घरमा सुतिरहेका बेला बोलाएर बाहिर निकाली कुटपिट गरेको पीडित परिवारले बताएको छ ।

उनीहरुले डा सचिब नयन सिङ रोकायद्वारा संचालित मदिरा पसलमा रक्सी झाएर मातेपछि “हाम्रो घरमा आएर त दलित-डुम , तिमीहरुले केही गर्न सक्दैनौं , हाम्रो चल्छ “भन्दै कुटपिट गरेका थिए ।

कुटपिटबाट ५८ बर्षिया कालिभान बिक र हिरा बिकको आँखा , टाउको र अनुहारमा गहिरो चोट लागेको छ भने राजेन्द्र बिक लगायत परिवार माहामती बिक, अनिश बिक ,ईश्वर बिक घाइते भएका छन् ।


प्रतिक्रिया