बाग्लुङ्ग घर भएकी एक महिलाले आफ्नै तीन सन्तानको हत्या गरेर अस्ट्रियाको राजधानी भिएनास्थित प्रहरीसमक्ष आत्मसमर्पण गरेकी छिन।
अष्ट्रियाको राजधानी भियनामा आफ्नै अपार्टमेण्टमा बस्दै आएकी बागलुङ्ग घर भएकी ३१ बर्षीया चन्द्रा भट्टराई अर्यालले आफ्नै तीन सन्तानको हत्या गरेर प्रहरीसमक्ष आत्मसमर्पण गरेकी छिन।
उनले आफ्नी नौ र तीन वर्षका छोरी तथा आठ महिनाको छोराको हत्या गरेर बिहान ५ बजे र २० मिनेटमा पुलिसलाई आफैँले खबर गरेकी थिइन्। प्रहरी घटनास्थलमा पुग्दा नौ वर्षीया बालिका जिवित नै थिइन्। ती बालिकालाई तत्कालै अस्पतालमा लगिएको थियो। तर उनको पछि मृत्यु भएको जनाएको छ।
उनले आफ्ना सन्तानको किन सामुहिक हत्या गरिन स्पस्ट हुन सकेको छैन। तर उनको श्रीमानसँग बिबाद भएपछी उनी आफ्ना सन्तानको हत्या गर्न पुगेको अनुमान प्रहरीले गरेको छ।
करीब १० वर्ष अघि बुटवलबाट बिद्यार्थी भिसामा अस्ट्रिया पुगेकी चान्द्राको सन् २०१० मा बाग्लुङ्गका अर्याल थरका व्यक्तिसंग बिबाह भएको बताइएको छ।
गत अक्टुबर ३ मा श्रीमान् श्रीमतीसँगै भएर ३ वर्ष पुगेकी छोरीको जन्मदिन मनाएको फोटो र फेसबुकमा लाईभ भिडियो राखिएको नेपाल पत्रकार महासंघ युरोप सदस्य रबिचन्द्र भट्टराईले बताए।