१५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले कैलालीको भजनीबाट तीन जनालाई पक्राउ गरेको छ।
हाल जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका अभियुक्तहरुमा जोशीपुर गाउँपालिका–४ लालपुरफका २९ वर्षका रामकुमार चौधरी, २२ वर्षका मंगल चौधरी र ३१ वर्षका सुरेश कुमार चौधरी रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरुले गोठालो गएकी भजनी नगरपालिकाकी १५ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेका थिए ।
कैलालीका प्रहरी प्रवक्ता डीएसपी दक्ष बस्नेतका अनुसार, प्रहरीले उनीहरुबिरुद्ध कैलाली जिल्ला अदालतबाट बलात्कार मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि १५ दिनको अनुमति लिएको छ ।
यसअघि मंगलबार कैलालीकै गौरीगंगा नगरपालिका १ कि १७ वर्षीया किशोरीमाथि पनि सामूहिक बलात्कार भएको थियो । घटनामा संलग्नताको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो ।