उदयपुरको चौदण्डीगढी नगरपालिका– ३ बसाहबाट भरुवा बन्दुकसहित दुई जना युवक पक्राउ परेका छन् ।
पक्राउ परेका युवाहरुमा चौदण्डीगढी नगरपालिका– ३ बसाहका २३ वर्षीय नवराज राई र २४ वर्षीय निर्मल राई रहेका छन्। उनीहरुलाई लकडाउनको मौका छोप्दै वन्यजन्तुको चोरी सिकारी गर्ने तयारी गर्दै गरेको अवस्थामा पक्राउ गरिएको चौदण्डीगढी नगरपालिका– ३ बसाहका २३ वर्षीय नवराज राई र २४ वर्षीय निर्मल राईले जानकारी दिए।
लकडाउनको समयमा वन्यजन्तुको चोरी गर्ने क्रम बढदै गएको सर्वसाधरणले गुनासो गरेको अवस्थामा पक्राउ परेका दुवै युवालाई हात हतियार तथा खरखजना ऐन अर्न्तगत मुद्दा चलाइ थप अनुसन्धान सुरु गरिएको प्रहरीको दाबी छ।
निर्मल र नवराजले प्रहरी आएको थाहा पाएपछि बन्दुक स्थानीय पदमबहादुर राईको घरमा लुकाएका थिए। प्रहरीले आफ्नो घरबाट बन्दुक बरामद गरेपछि राई भने फरार छन्।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, बारुद भरिएको भरुवा बन्दुकसहित धनुषाको मिथिला नगरपालिका ४ स्थित पुष्पलपुरबाट आइतबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिथिला नगरपालिका ४ बस्ने २६ वर्षीय सरोजकुमार महतो र ४४ वर्षीय राजकुमार लामा छन् । दुवैलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।
ज.१२ प १११५ नम्बरको पल्सर मोटरसाइकलमा सवार उनीहरुलाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।
धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी रामेश्वर कार्कीले दुवैविरुद्व हातहतियार खरखजाना मुद्दामा धनुषा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जानकारी दिए ।