आज रास्ट्रनिमाता तात्कालिन बडामहाराजधिराज श्री ५ पृथ्वीनारायण शाहको २९८औँ जन्मोत्सव। आज देशभर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका रुपमा मनाइदै छ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म विक्रम संवत् १७७९ पौष २७ गते भएको हो ।उनले विक्रम संवत् १७९९ साल चैत्र २५ गते, रामनवमीका दिन २० बर्षको उमेरमा गोर्खामा राज्यरोहण गरेका थिए । आजको ‘विशाल–नेपाल’उनकै नेतृत्वमा साम्राज्यवादी शक्तिसँग भिडेर स्थापित भएको राष्ट्र हो ।

तर आजभन्दा १३ वर्ष अघि पोखराको मुटु पृथ्वीचोकमा राखिएको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकलाई तात्कालिन माओवादीका उरन्ठेउला कार्यकर्ताहरुले तोडफोड गरेर मिल्काएका थिए। पछि त्यस ठाउँमा नेपालका प्रथम शहिद लखन थापाको शालिक राखिएको छ। त्यतिबेला पृथ्वीचोक भनिए पनि अहिले प्रथम शहिद लखन थापाको शालिक राखिएपछि अहिले आएर लखन चोक पनि भन्ने गरिन्छ।
सन् २००७ मा त्यतिबेला तोडफोड गरिएको पृथ्वीनारायण शाहको शालिकको तस्बिर सुदर्शन रञ्जितले खिचेका थिए।
तस्बिरहरु: सुदर्शन रञ्जित
प्रस्तुत छन् त्यतिबेला तोडफोड गरिएको दृश्य






