नेपालबाट गायब गरिएको ३३ किलो सुनसहित दुई नेपाली भारतमा पक्राउ

नेपालबाट गायब गरिएको ३३ किलो सुनसहित दुई नेपाली भारतमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २९ मंसिर २०७५
  • 9.5K
    Shares

गोरे भन्ने चुडाम'णि उप्रेती

त्रिभुवन विमानस्थल हुँदै अवैधरुपमा भित्र्याएर गायब बनाइएको ३३ किलो सुनसहित दुई जना नेपाली भारतमाा पक्राउ परेका छन् । भारतीय प्रहरी र त्यहाँको राजस्व अनुसन्धान विभागको असुन्धान टोलीले डिसेम्बर ७ का दिन कोलकात्ता–दिल्ली राजमार्गबाट ३३ किलो सुनसहित दुई जना नेपाली पक्राउ गरेको हो ।

गृहका अनुसार पक्राउ पर्नेमा इटहरीका हेमप्रसाद शर्मा र राकेश प्रसाद रहेका छन्। दुबै इटहरीका भएको गृहको दाबी छ। दिल्ली–कोलकाता राजमार्गस्थित दनकुनी प्लाजाबाट मारुती स्वीफ्ड गाडीसहित् उनीहरुलाई पक्राउ गरिएको प्राप्त समाचारमा जनाइएको छ।

२०७४ माघ अन्तिम साता दुबई हुँदै भित्रिएको यो सुन गायब पारिएपछि सुन तस्करीमा संलग्न चुडामणि उप्रेतीले यातना दिँदा एकजना भरिया मोरङको उर्लाबारी निवासी सनम शाक्यको ज्यान समेत गएको थियो ।

नेपालबाट हराएकै परिणामको सुनसहित दुईजना नेपाली पनि पक्राउ परेको खबर त्यहाँका राजस्व अनुसन्धान विभागले कोलकात्तास्थित नेपाली महावाणिज्यदूतावासलाई गराइसकेको छ ।

विमानस्थलबाट गायब पारेको उक्त सुन मोरङ उर्लाबारीका चूडामणि उप्रेतीको भएको दाबी गरिएको थियो। सुन प्रकरणमा उनीसहित ६३ जनाविरूद्ध अदालतमा मुद्दा चलिरहेको छ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार