धानको बोरामा पेस्तोल र लागू औषध, दुई जना पक्राउ

धानको बोरामा पेस्तोल र लागू औषध, दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २२ मंसिर २०७५
  • 7.1K
    Shares

इलाका प्रहरी कार्यलय लहानको प्रहरी टोलीले धानको बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा दुई थान पेस्तोल र ठुलो मात्रामा लागू औषध बरामद गरेको छ भने सोही घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा लहान नगरपालिका–४ स्थित रञ्जीत यादवको घरमा खानतलासी गर्दा धानको बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा केएफ आठ एमएम लेखिएको दुई थान पेस्तोल, ३०३ राइफलको गोली एक राउण्ड तथा प्रयोग भइसकेको डाइजेल्याब आठ एम्पुल, फेनार्गन ६ एम्पुल, लुपिजेसिक दुई एम्पुल, सिरिञ्ज आठ थान, नाइट्रोभेट पाँच थान डाइलेक्स डिसी एक बोतललगायतका लागुऔषध बरामद भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार, सोही घटनामा संलग्न रहेको आरोपमा लहान नगरपालिका–४ निवासी रञ्जीत यादव र लहान नगरपालिका–५ निवासी रामचन्द्र पासवानलाई पक्राउ गरिएको छ । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार