अर्बाजले भने– मलाइका र म छुट्टिसक्यौं

अर्बाजले भने– मलाइका र म छुट्टिसक्यौं


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३ भाद्र २०७३
  • 11.9K
    Shares

सलमान खानका भाइ–बुहारी छुट्टिएको अर्बाज आफैंले स्विकार गरेका छन् । विगत एक वर्षदेखि अर्बाज खान र मलाइका अरोरबीच सम्बन्ध राम्रो नरहेको खबर आएपनि त्यसबारे दुवैले औपचारिक रुपमा भेन केही बोलेका थिएनन् । यद्यपि केही समय अगाडि अर्बाज र मलाइकाको सँगै खिचिएको तस्बिर सार्वजनिक भएपछि दुईबीचको सम्बन्धमा सुधार भएको ठानिएको थियो ।

तर, भारतको एक दैनिक पत्रिकाका अनुसार अर्बाजले आफू र मलाइका छुट्टिएका बताएका हुन् । ‘अहिलेको समय हामी सँगै छैनौं । हामी छुट्टिएका छौं । कुरा त्यही हो,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार