भारतीय लगानीको युनाइटेड टेलिकम (यूटीएल) अन्ततः बन्द हुने अवस्थामा

भारतीय लगानीको युनाइटेड टेलिकम (यूटीएल) अन्ततः बन्द हुने अवस्थामा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ५ साउन २०७४
  • 9K
    Shares

पोखरा / नेपाल टेलिकमसँग प्रतिस्पर्धा गर्ने गरी डेढ दशकअघि दूरसञ्चार सेवा सञ्चालन अनुमति लिएको भारतीय लगानीको युनाइटेड टेलिकम (यूटीएल) अन्ततः बन्द हुने अवस्थामा पुगेको छ ।

पटक पटक कर विवादमा आइरहने यूटिएलले तीन महिनाभित्र १३ अर्ब कर रुपैयाँ नतिरे उसको लाइसेन्स नै रद्द हुने अवस्थामा पुगेको छ । सरकारले ०५८ सालमा नेपाल टेलिकमको प्रतिस्पर्धी कम्पनी बनाउने गरी अनुमति दिएको भए पनि यूटीएलले अझैसम्म फ्रिक्वेन्सी र लाइसेन्स मात्रै ओगटेको छ ।

असोज मसान्तमा यूटीएलको लाइसेन्सको म्याद सकिँदै छ । हरेक ५–५ वर्षमा गर्नुपर्ने लाइसेन्स नवीकरणका लागि यसले असोज मसान्तभित्र १३ अर्ब रुपैयाँ तिर्नुपर्छ ।

यूटीएलले प्राधिकरणबाट गत वर्ष भदौ २० मा युनिफाइड लाइसेन्स लिँदा एक पटक पाँच करोड र अर्कोपटक ३५ करोड गरी ४० करोड रुपैयाँ लाइसेन्स शुल्कबापत बुझाएको छ । असोजअघि नै १३ अर्ब रुपैयाँ तिरेर नवीकरण नगरे यसको लाइसेन्स नै खारेज हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार