‘अर्थतन्त्रमा महिला उद्यमीहरुको महत्वपूर्ण भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम समपन्न

‘अर्थतन्त्रमा महिला उद्यमीहरुको महत्वपूर्ण भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम समपन्न


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २६ असार २०७४
  • 10.4K
    Shares

सुरेन्द्र पौडेल, पोखरा। नेपालको अर्थतन्त्रमा महिला उद्यमीहरुको भूमिका तथा नेपाली महिला उद्यमीहरुको प्रवर्द्धन सम्बन्धी राष्ट्रिय अन्तरक्रिया कार्यक्रम भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ महिला उद्यमी विकास समिति र मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हालै कार्यक्रम भएको हो । कार्यक्रममा महासंघका महासचिव सुरेशमान श्रेष्ठ र निर्देशक मीना श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।

महासंघका केन्द्रीय सदस्य तथा समितिका अध्यक्ष कमला श्रेष्ठको अध्यक्षतामा आयोजित अन्तरक्रिया पछि समितिलाई नेपालभर महिला उद्यमशीलताको विकासको काममा सक्रिय बनाउने निर्णय गरिएको प्रतिबद्धता पत्रमा उल्लेख छ । महिला उद्यमीलाई विभिन्न प्रकारका एडभान्स तालिमहरु सञ्चालन गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिइन् । भारतमा बेचिएर उद्धार भएकी नेपालगञ्जकी एक महिलालाई उद्यममा स्थापित गर्नका लागि ५ लाख रुपैयाा सहयोग गर्ने निर्णय भएको उनले बताइन् ।

एक जना महिला उद्यमीलाई एडभान्स तालिमका लागि विदेशमा पठाउने निर्णय भएको समितिका आमन्त्रिक सदस्य तथा पोखरा उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिका संयोजक सीता बरालले जानकारी दिइन् । कार्यक्रममा महासंघका केन्द्रीय सदस्य हेमराज ढकाल, आकाश अधिकारी, रविन कुमार श्रेष्ठ, अरुण सुमार्गी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने लगायतले उत्पादनमुलुक क्षेत्रमा महिलाहरु जागरुक भएर लाग्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार