राजस्व  अनुसन्धान विभागले नेशनल हाइड्रोपावरको छानबिन एकाएक किन रोक्यो ?

राजस्व  अनुसन्धान विभागले नेशनल हाइड्रोपावरको छानबिन एकाएक किन रोक्यो ?


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ जेष्ठ २०७४
  • 12.3K
    Shares

काठमाडौं, जेठ २६ ।  राजस्व अनुसन्धान विभागले नेशनल हाइड्रोपावर कम्पनीले राजस्व छली गरेको भनी परेको उजुरीमा राम्रोसँग छानबिन नै नगरी आरोपी कम्पनीलाई उन्मुुक्ति दिएको छ ।

विभागले गत वैशाख ११ गते कार्यालय विनायकनगर बानेश्वरमा रहेको कार्यालयमा छापा मारेको थियो । विभागको एक नम्बर अनुसन्धान शाखाले छापा मारेर त्यहाँका कम्युटरहरु नियन्त्रणमा लिएको थियो ।

छापा मारेपछि पाण्डेले पूर्वअर्थमन्त्री पाण्डेसँग हारगुुहार मागी विभागको एक नम्बर कार्यालयका निर्देशक रामप्रसाद आचार्यलाई फोन गर्न लगाएका थिए ,कम्पनीका अध्यक्ष कुमार पाण्डे पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेका गाउँले भाइ हुुन् । आर्थिक दैनिकमा उल्लेख छ ।

पूर्वअर्थमन्त्री पाण्डेले फोन गरेपछि एक नम्बरका निर्देशक आचार्यले नेशनल हाइड्रोको सञ्चालक समितिको निर्णयलगायतका खातापाता नै झिकाएनन् र छानबिनमा केही दिन आलटाल गरी दुुई सातापछि लगिएका कम्प्युुटरहरु स सम्मान फिर्ता गरिदिए तर कुुनै कारबाही गरेनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार