नेपाली भूमिमा भारतीय सीमा सुरक्षाबलको क्याम्प स्थापना, कञ्चनपुर प्रशासन बेखबर

नेपाली भूमिमा भारतीय सीमा सुरक्षाबलको क्याम्प स्थापना, कञ्चनपुर प्रशासन बेखबर


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ७ भाद्र २०८०
  • 8.3K
    Shares

कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडामा एसएसबीले निर्माण गरेको अस्थायी पोष्ट

भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमिमा अस्थायी पोष्ट बनाएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडामा एसएसबीले अस्थायी पोष्ट निर्माण गरेको हो।

भुडाबाट भारतीय सिमा बजार कम्बोजनगर जाने बाटोस्थित नेपाली भूमिमा एसएसबीले ब्यारेल राखेको स्थानीय बाशुदेव जोशीले बताए। उनका अनुसार कोराना महामारीका बेला एसएसबी क्याम्प कम्बोजनगरले अस्थायी रुपमा त्यहाँ क्याम्प राखेको थियो।

‘अहिले नेपाली भूमिमा स्थायी रुपमै पोष्ट निर्माण गरेको छ। अस्थायी क्याम्प राख्दा स्थानीय र एसएसबीबिच विवाद समेत भएको थियो।,’ उनले भने,‘स्थानीयको बिरोधका बाबजुद एसएसबीले क्याम्प राखी नेपाली भूमि कब्जा गरेको छ।’

७/८ महिनादेखि एसएसबीले ब्यारिएल लगाएको उनको भनाई छ। क्याम्प राखेको जमिन नेपालमा पर्ने भएपनि एसएसबीले उक्त भू–भाग भारतको भएको दाबी गर्दै आएको छ।

नेपाली भू–भागमा एसएसबीले क्याम्प राखेकोबारे नेपालको प्रशासन बेखबर छ। एसएसबीले नेपाली जमिनमा क्याम्प राखेकोबारे आफूलाई जानकारी नभएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले बताए। ‘नेपाली भूमिमा ब्यारिएल लगाउन पाइँदैन । यसबारेमा थाहा पाएको छैन,’ उनले भने,‘बुझेर आवश्यक पक्रिया अगाडी बढाउँछु।’

प्रतिक्रिया