सशस्त्र प्रहरीमा कार्यरत एक जना सहायक हवल्दारको नाममा सवारीचालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा दिन गएका अर्का एक जना सशस्त्र प्रहरी जवान बागलुङमा पक्राउ परेका छन्। पर्वतको कुश्मा नगरपालिका पकुवा घर भई हाल सशस्त्र प्रहरी बलको रुपन्देहीमा सहायक हबल्दार पदमा कार्यरत विनोद नेपालीका नाममा प्रयोगात्मक परीक्षा दिन गएका पोखरास्थित सशस्त्र प्रहरीको मुख्यालय मुक्तिनाथ बाहिनीमा कार्यरत सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई प्रहरीले पक्राउ गरेको हो।
सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई यातायात व्यवस्था कार्यालय बागलुङले शनिबार माझीबस्तीमा लिइरहेको प्रयोगात्मक परीक्षा‘ट्रायल सेन्टर’मा अर्कैको नाममा परिक्षा दिन लागेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिए। नक्कली परिक्षार्थीका रुपमा सशस्त्र प्रहरी जवान कोहिरी पक्राउ परेपछि सक्कली परिक्षार्थी सशस्त्र प्रहरी सहायक हवल्दार बिनोद नेपालीलाई अनुसन्धनका लागि बोलाउने तयारी भइरहेको प्रनाउ केसीले बताए