गैंडाकोट नगरपालिका-३ स्थित तात्रीबासको सिँचाइ पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । पोखरीमा डुबेर शुक्रबार दुई बालकको मृत्यु भएको वडाध्यक्ष शिवकान्त तिवारीले जानकारी दिए । । गैँडाकोट नगरपालिका वडा नं. ३ तात्रीबास नजिकै सिचाँइका लागि बनाइएको पोखरीमा डुवेर उनीहरुको मृत्यु भएको बताइएको छ।
मृत्यु हुनेमा गैँडाकोट ४ झपर्दी घर भएका १३ वर्षका प्रतिक परियार र १५ वर्षका प्रविन श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । उनिहरु स्थानीय ज्ञानकुन्ज स्कूलका कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थीहरु हुन् । गर्मीछल्नका लागि पौडी खेल्न गएका बालकहरु अचानक पोखरीमा डुवेका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।
दुवैजनाको शव पोष्ट मार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । नवलपुर आसपासमा अत्याधिक गर्मी बढेपछि खोला तथा नदीहरुमा पौडी खेल्नजाँदा दुर्घटनाहुने क्रम बढेर गएको छ ।