पर्सामा पटका पट्काउँदा छर्रा लागेर आठ वर्षीय बालकको मृत्यु

पर्सामा पटका पट्काउँदा छर्रा लागेर आठ वर्षीय बालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ कार्तिक २०८३
  • 1.1K
    Shares

पर्साको पकहामैनपुरमा पटका पट्काउँदा छर्रा लागेर ८ वर्षीय बालक कुन्दन सहनीको मृत्यु

पर्सा, २४ कात्तिक २०८३।

पर्सामा आज बिहान पटाका पड्काउने क्रममा छर्राले लागेर तीन वर्षीय एकबालकको मृत्यु भएको छ ।

पर्साको पकहामैनपुर गाउँपालिका–२ मा आज बिहान करिब ८:०० बजे स्थानीय रामगुलाम सहनीका आठ वर्षीय छोरा कुन्दन सहनीको पटका पट्काउने क्रममा छर्रा लागेर मृत्यु भएको हो।

आफ्नै घरअगाडि पटका पट्काइरहेका बेला अचानक पटकाको छर्रा उनको छातीको बीच भागमा लागेर गम्भीर घाइते भएका बालक कुन्दन सहनीलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएकोमा उपचारका क्रममा चिकित्सकले बिहान ८:४५ बजे मृत घोषणा गरेका प्रहरीले जानकारी दिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार