पोखरा, २३ कात्तिक २०८३ ।
नवलपुरमा ट्याक्टरको ठक्करबाट एकजना प्रहरी जवानको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत देवचुली क्षेत्रमा नारायणगढबाट कावासोतीतर्फ जाँदै गरेको बा.प्र.०२–०७३ प २०७७ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिंदा एक जना प्रहरी जवानको मृत्यु भएको हो।
ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक प्रहरी पहरा गण सामाखुसी, काठमाडौंमा दरबन्दी भई मन्त्री क्वार्टर, भैंसेपाटीमा कार्यरत प्रहरी जवान २४ वर्षीय लोकेश भण्डारीको उपचारका क्रममा मृत्यु भएको नवलपुर प्रहरीले जानकारी दिएको छ।
दुर्घटनापछि घाइते भण्डारीलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
डडेल्धुराको खटेडा–१ स्थायी ठेगाना भएका भण्डारी सवार मोटरसाइकललाई ठक्कर दिने ट्याक्टरको नम्बर खुल्न बाँकी रहेको र त्यस सम्बन्धमा आबश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। मेटाले तयार पारेको चित्र