पोखराको पुम्दिमा युवा नालीमा मृत भेटिए

पोखराको पुम्दिमा युवा नालीमा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ कार्तिक २०८३
  • 1K
    Shares

काठमाडौं, २३ कात्तिक २०८३ ।

पोखरामा आइतबार एक युवक मृत अवस्थामा भेटिएका छन् ।

पोखरा २२ पुम्दिभुम्दि कोदी- दहरा स्थित लिला आधारभुत विद्यालय नजिकै स्थानीय युवक मृत भेटिएका हुन् ।

मृत्यु हुनेमा सोही स्थानमा बस्दै आएका अन्दाजी  ३० वर्षका सुरेश लामिछाने रहेका प्रहरीले जानकारी दिएको छ। उनको शव फेला परेको स्थानभन्दा केही माथि उनले चढ्ने गरेको ग९प ६६४७ नम्बरको पल्सर मोटरसाइकल पल्टिएको अवस्थामा फेला परेको प्राप्त समाचारमा जनाइएको छ ।

स्थानीयले पहिला मोटरसाइकल पल्टिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा खटिएको  प्रहरी टोलीले खोजतलास गर्ने क्रममा केही तल  निर्माणाधीन पर्खालको नालीमा लामिछानेलाई मृत अवस्थामा फेला पारेको हो ।

प्रहरीले  उनको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको आशंका गरेको छ । स्थानीयले भने दुर्घटना नभई घटना हुन सक्ने भन्दै छानबिनको माग गरेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

​प्रहरीका अनुसार उनको शव सडकको नालीमा फेला परेको थियो भने मोटरसाइकल सडकबाट केही तल खसेको अवस्थामा भेटिएको थियो। घटना शंकास्पद हुन सक्ने भन्दै स्थानीय बासिन्दाले गहिरो छानबिनको माग गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार