पोखरामा ग्याँस बाल्ने क्रममा आगलागी : साढे ६ लाखभन्दा बढीको क्षति

पोखरामा ग्याँस बाल्ने क्रममा आगलागी : साढे ६ लाखभन्दा बढीको क्षति


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ कार्तिक २०८३
  • 190
    Shares

पोखरा, २३ कात्तिक २०८३ ।

पोखरा महानगरपालिका–५ गैरीगाउँमा शनिबार बिहान ग्यासमा आगो बाल्ने क्रममा आगलागी हुँदा साढे ६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

शनिबार बिहान करिब ८ः२० बजे स्थानीय कृष्ण तिमिल्सिनाको तीनतले पक्की घरको भान्सा कोठामा ग्यास बाल्ने क्रममा आगलागी भएको थियो ।

सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब निरीक्षक श्यामबहादुर थापाको कमाण्डमा ८ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी, दमकल र स्थानीयको सहयोगमा बिहान ८ः५५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।

आगलागीबाट फ्रिज, डाइनिङ टेबल, पलङ, कुर्सी, ४ वटा झ्याल, ४ वटा ढोका, लत्ताकपडा, कार्पेट, एक थान ग्यास सिलिन्डर, किचन र्याक, दराज र भान्सा कोठामा रहेका भाँडाकुँडा गरी अन्दाजी ६ लाख ५२ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

घटनास्थल वडा प्रहरी कार्यालय बैदामबाट करिब ३ किलोमिटर उत्तरमा पर्छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार