छिमेकीको घरमा पसेर अन्धाधुन्ध आक्रमण : एकको मृत्यु , चार जना घाइते

छिमेकीको घरमा पसेर अन्धाधुन्ध आक्रमण : एकको मृत्यु , चार जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ कार्तिक २०८३
  • 1.7K
    Shares

दैलेख, २३ कार्तिक २०८३ ।

दैलेखमा एक व्यक्तिले मस्त सुतिरहेका छिमेकीको घरमा धारिलो हतियारले अन्धाधुन्ध आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ भने सोही घरका अन्य चार जना घाइते भएका छन्।

दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा सुतिरहेको चन्द्रबहादुर पुन मगरको परिवारमाथि धारिलो हतियार प्रहार हुँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते छन् ।

आइतबार बिहान स्थानीय बमबहादुर रावलले सुतिरहेका चन्द्रबहादुर पुन मगरको परिवारमाथि हँसिया प्रहार गर्दा चन्द्रबहादुरकी ४५ वर्षीया श्रीमती बीमा पुन मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सोही आक्रमणमा परेर महेसरा पुन, लक्ष्मी पुन, तिला पुन मगर र चार महिनाकी एक शिशु घाइते भएका छन् । घाइतेमध्ये महेसरा पुनको दुवै हत्केलामा गम्भीर चोट लागेको बताइएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बमबहादुर रावललाई नियन्त्रणमा लिएको छ । घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । घटनापछि गाउँमा त्रास र शोक छाएको छ ।

१. पुनकी भाइबुहारी वर्ष २५ की महेसरा पुन — दुवै हत्केला छिनिएको ।

२. पुनकी छोरी वर्ष २० की लक्ष्मी पुन — अवस्था मध्यम ।

३. पुनकी छोरी वर्ष २३ की तिला पुन मगर — अवस्था मध्यम ।

४. तिला पुन मगरकी तीन महिनाकी छोरी जानकी रोक्का मगर — अवस्था मध्यम ।

प्रतिक्रिया
सम्बन्धित समाचार