पोखरा, २३ कात्तिक २०८३ ।
कालिकोटबाट बिरामी लिएर सुर्खेततिर आउंदै गरेको जिप दैलेखमा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।
कालिकोटबाट विषादी सेवन गरेकी बिरामीलाई अक्सिजन सिलिन्डरसहित उपचारका लागि सुर्खेततर्फ लैजाँदै गरेको क.प्र.०२–००१ च १२१५ नम्बरको जीप दैलेख गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा आज बिहान ०५:३० बजे अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको हो भने पाँच जना गम्भीर घाइते छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका कालिकोट सन्नित्रिवेणी गाउँपालिका ६ बस्ने वर्ष ४१ का रने सार्कीको बिहान ०८:५६ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार , सोही दुर्घटनामा कालिकोट सन्नित्रिवेणी गाउँपालिका–७ बस्ने वर्ष २२ का चालक योगेश सिंखडा, (शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर), ऐ.ऐ. बस्ने वर्ष १८ का गंग सार्की, (टाउको तथा शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर). ऐ.ऐ. बस्ने वर्ष २१ का तपेन्द्र सिंखडा, शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर) रहेका छन । त्यस्तै ऐ. वडा नं. ६ बस्ने वर्ष ३६ की जादुकाल सार्की, (शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर) र ऐ.ऐ. बस्ने वर्ष २७ की कैसि सार्की (बिरामी), शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर रहेको छ ।
सबै घाईतेलाई तत्कालै उद्धार गरी सुर्खेत पठाईएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।