किन चीन जाँदैछिन्, पूर्वराष्ट्रपति एबम एमाले वरिष्ठ नेता भण्डारी ?

किन चीन जाँदैछिन्, पूर्वराष्ट्रपति एबम एमाले वरिष्ठ नेता भण्डारी ?


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ कार्तिक २०८३
  • 494
    Shares

काठमाडौं, ५ कार्तिक २०८३।

— पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी बिहीबार चीन भ्रमणमा जाने भएकी छन्।

एमालेको वरिष्ठ नेताका रूपमा सक्रिय राजनीतिमा फर्किएपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हुनेछ।

भण्डारीले अक्टोबर २३ देखि २५ सम्म चीनको हेबेई प्रान्तस्थित सियोङआनमा आयोजना हुने ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भण्डारीका स्वकीय सचिव राजकुमार राईका अनुसार फोरममा विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्न उनी चीन जान लागेकी हुन्।

चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स (सीपीआईएफए) ले आयोजना गरेको यो फोरममा विश्वभरका राजनीतिक, कूटनीतिक, व्यावसायिक र मिडियाका प्रतिनिधिहरू सहभागी हुनेछन्।

सीपीआईएफएले गत शुक्रबार दिएको जानकारी अनुसार ग्लोबल साउथ, युरोप र अमेरिका सहित करिब १०० देशका प्रतिनिधिले सहभागिता जनाउने निश्चित भइसकेको छ।

फोरममा बदलिँदो विश्व व्यवस्थाका बीच अन्तर्राष्ट्रिय सहकार्य, विश्वव्यापी शासन प्रणालीमा सुधार, साइबरस्पेस र अन्तरिक्षको शासनसँग सम्बन्धित चुनौती, तथा एआईको सुरक्षित प्रयोग जस्ता विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार