सुनसरीमा मोटरसाइकलसहित प्रतिबन्धित लागुऔषध बरामद — अनुसन्धान जारी

सुनसरीमा मोटरसाइकलसहित प्रतिबन्धित लागुऔषध बरामद — अनुसन्धान जारी


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ कार्तिक २०८३
  • 665
    Shares

सुनसरी, ५ कार्तिक २०८३।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ मा सशस्त्र प्रहरीले एक मोटरसाइकलसहित प्रतिबन्धित लागुऔषध ट्याब्लेट बरामद गरेको छ।

सशस्त्र प्रहरीले बरामद गरेको मोटरसाइकल स्थानीय वडा अध्यक्ष आलम अन्सारीका छोरा जिशान अन्सारीको रहेको स्थानीय बासिन्दाले बताएका छन्।

यस घटनाबारे स्थानीय स्तरमा दुईथरी चर्चा छ। केही स्थानीयका अनुसार उक्त मोटरसाइकलमा सुनियोजित रूपमा लागुऔषध राखेर जिशानलाई फसाउन खोजिएको हुन सक्ने आरोप लगाइएको छ।

स्रोतका अनुसार वडा अध्यक्ष अन्सारी, उनका छोरा जिशान र परिवारका सदस्यबीच लामो समयदेखि पारिवारिक विवाद रहँदै आएको छ। सोही विवादसँग यो घटना जोडिएको हुन सक्ने आशंका स्थानीयले गरेका छन्, तर यसबारे अहिलेसम्म कुनै आधिकारिक पुष्टि भएको छैन।

मोटरसाइकलमा प्रतिबन्धित ट्याब्लेट कसले, कहिले र कुन नियतले राखेको हो भन्ने विषयमा प्रहरीले आधिकारिक विवरण सार्वजनिक गरेको छैन।

घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि मात्र वास्तविक तथ्य बाहिर आउने सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार